काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दुई करोड मतपत्र छापिने सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँले मतदाता भन्दा १० प्रतिशत बढी मतपत्र छाप्न लागिएको बताउनुभयो ।

सहायक प्रवक्ता अर्यालका अनुसार दुई करोड मतपत्र छाप्नका लागि ११ करोड रुपियाँको कागज किनिसकेको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्ने छ । निर्वाचनमा एक करोड ७८ लाख मतदान हुने सक्ने अनुमान आयोगले गरेको छ र अन्तिम मतदाता नामवली चैत १३ गते सार्वजनिक हुने उहाँले बताउनुभयो ।