काठमाण्डौं, वैसाख २३ । नेशनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर–प्रोभिन्सियल) डायनामिक टेक्नोसफ्टले प्राप्त गरेको छ ।

नेशनल आईसीटी दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डायनामिक टेक्नोसफ्टलाई नेसनल आईसिटी अवार्ड २०२४ (प्राइभेट सेक्टर – प्रोभिन्सियल) प्रदान गरेको हो ।

वीरगञ्जमा स्थापना भएर देशको सूचना प्रविधि क्षेत्रमा योगदान गर्ने डायनामिक टेक्नोसफ्टलाई सात वटै प्रदेशतर्फको नेशनल आईसीटी अवार्ड दिइएको हो ।

सन् २०१० मा स्थापना भएको कम्पनीले नेपाली र अन्तर्राष्ट्रिय बजारमा आईटी सम्बन्धि आफ्नो सेवाहरूका साथै सफ्टवेयर विकास र वेब सर्भिसेसहरु दिँदै आएको छ । कम्पनीको मुख्य कार्यालय वीरगञ्जमा छ । काठमाण्डौँको वानेश्वरमा कर्पोरेट हाउस सञ्चालन छ । यस्तै इटहरी, बुटवल, पोखरामा र जनकपुरमा  कम्पनीले  शाखा विस्तार गरि सकेको छ । कम्पनीको ट्रेडिङ बिजनेस पनि सञ्चालनमा छ ।

डाइनामिक गु्रप अन्तर्गतका कम्पनीहरु लाई नेपाल भारतको बजारमा मात्र सिमित नराखेर अन्य मुलुकमा पनि विस्तार गर्दै जाने कम्पनीको योजना रहेको कम्पनीका सञ्चालक तथा सीईओ दिपक शाहले बताए । तत्काल भुटान, बंगलादेश लगायतका एसियाली मुलुकमा कम्पनीको शाखा विस्तार गर्ने योजना रहेको शाहले जानकारी दिए । 

डाइनामिक टेक्नोसफ्ट प्रा.लि मार्फत हाल ४ वटा सफ्टवेयर प्रोडक्ट बजारमा उपलब्ध छन् । कम्पनीले स्कुल कलेज व्यवस्थापनको लागि डाइनामिक एकेडेमिक इआरपी, व्यवसायिक अफिस म्यानेजमेन्ट र विभिन्न संघसंस्थाको प्रयोगमा आउने डाइनामिक एकाउन्ट इआरपी, एचआर र पेरोल सफ्टवेयर, डाइनामिक एएमएस जस्ता सफ्टवेयर डेभलपमेण्ट गर्र्दै आएको छ । 

कम्पनीले विकास गरेका सफ्टवेयर ठूला व्यावसायिक घराना, उद्योग, हस्पिटल, विभिन्न व्यवसायी संघसस्था र स्कुलहरूले प्रयोग गरिरहेका छन् । बिभिन्न संघसस्था र स्कुल कलेजहरू गरी अहिले कम्पनीसँग नियमति सेवाग्राही २ हजार  भन्दा बढी रहेका छन् । डाइनामिक ग्रुपले वार्षिक १५ करोड रुपैयाँको कारोवार गर्छ भने २ सय बढीलाई रोजगारी दिएको छ ।

विद्यालयलाई डिजिटलाइज गर्ने ध्येयका साथ कम्पनिले डाइनामिक एकेडेमिक इआरपी र यसको मोबाइल एपको विकास गरेर देशभरका १ हजार भन्दा बढी विद्यालयहरुलाई समेत सेवा दिइरहेको छ ।