इलाम, वैसाख १८ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ्  ५ हजार ८३० मतान्तरसहित विजयी भएका छन् । आज मंगलवार बिहान आएको मतपरिणामअनुसार नेम्वाङले कांग्रेसका उमेदवार डम्बर खड्कालाई पराजित गर्दै जित हासिल गरेका हुन् ।

विजयी उमेदवार नेम्वाङ्ले २७ हजार ७७२ मत प्राप्त गरे । निकटतम बनेका कांग्रेसका खड्काले २१ हजार ९४२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै  स्वतन्त्र उमेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरे । चौथो बनेका रास्वपा उमेदवार मिलन लिम्बुले ५  हजार ५० मत प्राप्त गरे ।

 उक्त निर्वाचन क्षेत्रमा ६९ हजार ३७४ मत खसेको थियो । जसमध्ये ९०२ मत बदर भई बाँकी रहेको ६८ हजार ४७२ मत गणना भएको आयोगले जानकारी दिएको छ ।