काठमाण्डौं, वैसाख १६ । हाल सञ्चालनमा रहेका कुल ३४७ बैङ्क तथा वित्तीय संस्था एकआपसमा गाभिएर १०९ वटा संस्था कायम भएका छन् ।

बैङ्क तथा वित्तीय संस्था गाभ्ने र गाभिने सम्बन्धी प्रक्रिया शुरु भएपछि २०८० फागुन मसान्तसम्म कुल ३४७ बैङ्क तथा वित्तीय संस्था एकआपसमा गाभिएका छन् ।

बैङ्क तथा वित्तीय संस्थाहरूलाई एकआपसमा गाभ्न र गाभिन प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैङ्कको नीतिगत व्यवस्थालाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ । विगत १ वर्षको अवधिमा मर्जर तथा प्राप्ति प्रक्रियामा संलग्न भई वाणिज्य बैङ्कको सङ्ख्या २० कायम भएको छ ।  केही खारेज पनि भएका छन् ।