काठमाण्डौं, वैसाख १२ । नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आज भेटवार्ता हुँदैछ ।

उक्त भेटमा  नेपाल र कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनुका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि केही  सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । 

नेपाल र कतारबिचको युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयदे जनाएको छ ।

त्यसैगर िदुई देशबीच कला र संस्कृति, महान्यायाधिवक्ताको कार्यालयसम्बन्धी र वैदेशिक मामिलासम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिएका छन् । 

कतारी अमिरको सम्मानमा प्रधानमन्त्री प्रचण्डले दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ । कतारका अमिर थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा हिजो ११ गते अपराह्न नेपाल आएका थिए ।