काठमाण्डौं, वैसाख २३ । जापानकी विदेशमन्त्री कामिकावा योको काठमाण्डौं आइपुगेकी छिन्। एक दिने भ्रमणका लागि उनी नेपाल आएकी हुन् ।

उनलाई एयरपोर्टमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेका थिए। उनी परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपाली भ्रमणमा आएकी हुन्।

उनले आज राष्ट्रपति, प्रधानमन्त्री र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नेछिन्उ भने उनी आजै स्वदेश  फर्किने कार्यक्रम रहेको  छ।