काठमाण्डौं, चेत २२ । पर्यटन व्यवसायी र समग्र गण्डकी प्रदेशवासीको लामो प्रयास पछि पोखरा पर्यटनको राजधानी घोषणा भएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिए पछि आयोजना हुन लागेको यो १९ औं फेवा नव वर्ष महोत्सवको तयारी भएको हो । यही चैत २९ गते देखी  आगामी नयाँ वर्ष वैसाख १ गतेसम्म फेवातालको किनारस्थित ड्यामसाईड चोक देखी खहरेचोकसम्मको सडकमा विविध सांस्कृतिक कार्यक्रम सहित महोत्सवको आयोजना हुने भएको छ ।

“पर्यटन, संस्कृति र खाना”  भन्ने नाराका साथ नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने मुख्य उद्देश्यले आयोजना हुन लागेको उक्त महोत्सवको अवसरमा होटल व्यवसायी संघ मातहतका होटलहरुको प्रकाशित दररेटमा २० प्रतिशत सम्म छुटको घोषणा गरेको छ । साथै अन्य पर्यटकीय सेवा सुविधामा पनि सम्बन्धित व्यवासयीका तर्फबाट भारि छुट प्रदान गर्ने प्रतिवद्धता व्यक्त  भएको हुनाले कोरोना महामारी पश्तात पूर्ववत अवस्थामा सञ्चालन हुन नसकी थला परेको होटल तथा पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउदै आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य महोत्वसले लिएको छ ।

बिबिध सांस्कृतिक झाँकी, नृत्य खानाका स्टल पनि महोत्सवमा समेटिएका छन् । गोर्खा ब्रुअरीको मुख्य प्रायोजन रहेको महोत्सवलाई पोखरा महानगरपालिका र पर्यटन बोर्डले प्रबद्र्धन गरेका छन् । त्यसैगरी महोत्सवको सह प्रायोजनमा अन्नपुर्ण केवलकार, इसेवा होटल, फोन पे, पेफोन पे रहेका छन् । त्यस्तै प्रायोजकमा टोकला चिया, मिट्को फुड नेपाल, पोखरा अल्ट्रालाइट प्रा.लि. रहेका छन् । गण्डकी प्रदेश सरकार, पोखरा पर्यटन परिषद र होटल संघ नेपालले महोत्सवलाई सघाउने भएका छन् ।

महोत्सवका अन्य आकर्षणमा गण्डकी प्रदेशमा रहेका रैथानै खानाको प्रबद्र्धन, परम्परागत नेपाली खानाको प्रवद्र्धन, सांस्कृतिक झाँकीका कार्यक्रम, लोकदोहोरी तथा पप कन्सर्ट, स्थानिय कलाकारद्धारा बिभिन्न सांस्कृतिक सहित हास्यव्वयङ्ग तथा पर्यटक दौड प्रतियोगिता रहेको छ ।