काठमाण्डौं, चैत १२। सङ्घीय सहकारी विभागले मुलुकभर रहेका सहकारीको पछिल्लो तथ्याङ्क अद्यावधिक गर्ने भएको छ । आर्थिक सर्वेक्षणमा समावेश गर्नका लागि विभागले सहकारी क्षेत्रको तथ्याङ्क अद्यावधिक गर्न लागेको हो । तीन वर्षदेखि सहकारीको तथ्याङ्क अद्यावधिक भएको थिएन ।

विभागले कुल सहकारी संस्था, कुल सदस्य सङ्ख्या, महिला सदस्य, पुरुष सदस्य, कुल शेयर पुँजी, कुल बचत सङ्कलन, कुल ऋण लगानी र प्रत्यक्ष रोजगारीको सङ्ख्या  सहितको विवरण उपलब्ध गराउन स्थानीय तहलाई पत्राचार समेत गरेको छ ।