काठमाण्डौं चैत ८  । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा नयाँ नियुक्ति गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले प्रा. सङ्गीता सिंह (काठमाडौँ), डा. कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा. शिवराज अधिकारी (पाल्पा) र डा. अरनिको पाण्डे (ललितपुर) लाई सदस्य पदमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।