गुल्मी,  चैत ५  ।  रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा ३ उडान हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सले हप्तामा २ दिन मात्रै उडान भर्दै आएको थियो । अब भने थप १ दिन सोही एयरलाइन्सले उडान भर्न लागेको रेसुङ्गा विमानस्थलले जनाएको छ । 

यात्रुको चाप बढेकाले नेपाल एयरलाइन्सको  समन्वयमा १  उडान थप गरिएको रेसुङ्गा नगरपालिकाका प्रमुखले  बताएका छन् ।