कार्यक्रमलाई सम्बोधन गर्दै लगानी कर्ताको पैसा नडुब्ने गरी ठुलो आर्थिक वृद्धि हुने क्षेत्रहरूमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन्  ।

 लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठुला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताउदै विगतमा ठुला ऋण लगानी गर्दा भएका कमी कमजोरीलाई भविष्यमा नदोहोर्‍याउने प्रतिबद्धतासहित अघि बढ्न सुझाव समेत दिएका छन् ।

लगानी कोषले गरेका लगानीहरूमा लगानीकर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने भन्दै विगतमा भएका कामको आलोचना गर्नेभन्दा भएका कमजोरीहरूलाई सुधारेर अगाडी बढ्ने आत्मविश्वास अहिलेको नेतृत्वमा हुनुपर्ने औल्याएका छन् ।