काठमाण्डौं, फागुन २२ । माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल कारोवार असफल भएमा बैंकिङ एप – वेबसाइट मार्फत बैंकमा रिर्पोट गर्न मिल्ने सुविधा सञ्चालनमा ल्याएको छ ।

डिजिटल कारोवार कारोवारलाई अझ प्रभावकारी, सफल र चुस्त बनाउने उदेश्यले यो सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

यसमा असफल भएको कारोवारलाई रिर्पोट गरी सो रिपोर्टको प्रोग्रेस कुन चरणमा पुगेकोछ भन्ने कुराको अपडेट हेर्न सकिन्छ ।

ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपको प्रयोग गरेर स्टेटमेन्ट बटनमा गई असफल कारोवारको बारेमा रिर्पोट गर्न सक्नेछन् ।

यसरी ग्राहकको रिर्पोट प्राप्त भएपछि बैंकले उक्त कारोवारको बारेमा आवश्यक प्रक्रिया अगाडि बढाई र असफल भएको प्रमाणको आधारमा ग्राहकको खातामा सम्बन्धित रकम आफैं फिर्ता हुनेछ ।