काठमाण्डौं, फागुन १७ । केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिएको छ । कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले फागुनदेखि लागू हुने गरी स्वास्थ्य बीमा लागू गरिएको हो । केन्द्रीय कारागार कार्यालयका स्वास्थ्य कार्यक्रम प्रमुख कल्पना ज्ञवालीका अनुसार केन्द्रीय कारागारमा १ वर्षभन्दा बढी कैद भुक्तान गरेका कैदीबन्दीलाई लक्षित गरी उक्त स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको  हो ।

विभागले १  जना कैदीबन्दीको लागि रु ३ हजार ५०० उपलब्ध गराएर स्वास्थ्य बीमा गरिदिएको हो । उक्त कार्यक्रम सञ्चालन भएसँगै अब कैदीबन्दीले रु १ लाख बराबरको उपचार बीमाबाट गर्न पाउने छन् ।  कैद भुक्तान गरेर कारागार बाहिर निस्किएपछि उक्त बीमा स्वतः खारेज हुनेछ ।