काठमाण्डौं भदौं २४  । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान परीक्षण परियोजनाका रूपमा शुरु  गर्ने भएको छ । भदौ २७ गतेदेखि देशका सातै प्रदेशका ठुला सरकारी अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप प्रदान गरिने छ । चीनबाट दुई महिनाअघि २० हजार भाइल खोप ल्याइएको थियो । सात वटा अस्पतालमा १४ वर्षका किशोरीलाई ती खोप उपलब्ध गराइने छ ।

उक्त खोप कोशी प्रदेशको कोशी अस्पताल विराटनगरमा, मधेश प्रदेशको नारायणी अस्पताल वीरगन्जमा, वाग्मती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल काठमाडौँमा, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा, लुम्बिनी प्रदेशको भेरी अस्पताल नेपालगन्ज बाँकेमा, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको डडेलधुरा अस्पतालमा तोकिएको छ ।