काठमाण्डौं, साउन १७। सुनसरीको धरान उपमहानगरपालिकामा डेंगी भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ ।

उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेंगी नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान गरेको छ । कार्यपालिका बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडामा सामाजिक संघसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ–आफ्नो वडाको टोलटोलमा खटिन अनुरोध गरेको छ ।

धरानमा डेंगीबाट गत जेठ तेस्रो सातायता १ बालिकासहित ८  जनाको मृत्यु भइसकेको छ ।