काठमाण्डौं, साउन १६ । ‘नाडा अटो एक्सपो २०२३’ को लागि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले लटरी ड्रमार्फत स्टल निर्धारण गरेको छ । नाडाले काठमाडौंको त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टरमा स्टल निर्धारणका लागि ‘लटरी ड्र’ गरेको हो ।

एक्सपोमा सहभागी हुने सबै फर्म तथा कम्पनीहरूले समान अवसर प्राप्त गरुन  भन्ने उद्देश्यले नाडाले लटरी ड्रमार्फत स्टलहरूको वितरण गर्दै आएको छ ।

यो भन्दा अगाडीका केही वर्ष कोरोना माहामारीका कारण नाडा अटो सो हुन सकेको थिएन ।प्रर्दशनीमा विद्यतीय सवारी साधनहरू लगायत ४ वर्षपछि हालसम्मका नयाँ मोडलहरूको अवलोकन गर्न पाउने नाडाले जनाएको छ ।

यस्तै, प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरू र त्यसमा प्रयोग हुने टायरट्युब, लुविकेण्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरू लगायतका विभिन्न सामग्रीहरू राखिने छ । प्रदर्शनीमा ८२ वटा स्टल रहने नाडाले जनाएको छ ।

१५औँ संस्करणको नाडा अटो एक्सपो आगामी भाद्र २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डप परिसरमा आयोजना हुँदै छ । यस प्रदर्शनीमा १ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २० अर्बभन्दा बढीको कारोबार हुने नाडाको अपेक्षा रहेको छ ।