काठमाण्डौं, जेठ १ । मोवाइल फोनको अवैध आयात, प्रयोग र बिक्रीवितरण रोक्न भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले  वैशाख २६ को मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै जेठ १ बाट एमडीएमएस व्यवस्था सञ्चालनमा आउने जानकारी दिएको थियो ।

यस सँगै नेपालमा आयात र प्रयोग गरिने मोवाइल  सेट एमडीएमएस प्रणालीमा दर्ता नगरे ती अवैध मानिनेछन् । दर्ता नगरेको केही अवधिपछि त्यस्ता फोन नचल्नेसमेत हुन्छन् । त्यस्ता मोवाइल फोनमा मोबाइल नेटवर्क सेवा हुँदैन ।