काठमाडौँ, ३० चैत्र । हिमालय एयरलाइन्सको जहाज चार्टर गरी एउटै उडानबाट १८० जना चिनियाँ पर्यटक काठमाडौँ आएका छन् । कोरोना महामारी पछि एकै पटक धेरै सङ्ख्यामा चिनियाँ पर्यटक भित्रिएको यो पहिलो भएको पर्यटन मन्त्रालयले जनाएको छ ।

आज बिहान पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएपछि आगमन कक्षमै पुगेर उक्त टोलीलाई  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती तथा  चिनियाँ राजदूत र नेपाल पर्यटन बोर्डका कर्मचारीले ले स्वागत गर्नुभएको थियो ।