नागरिक लगानी कोषको ३३ औं वार्षिकोत्सव सम्पन्न भएको छ । उक्त कार्यक्रममा

कोषका अध्यक्ष सूर्यबहादुर थापाले आर्थिक वृद्धिमा टेवा पुग्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्नेमा जोड दिदैआफूलाई अझ सुदृढ बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ कोषले काम गर्ने बताए ।

कार्यक्रममा राजस्व सचिव रामप्रसाद घिमिरले नागरिक लागनी कोषले सञ्चालन गरेको अनलाइन प्रणालीको विकासले कोषको कारोवारमा सहजता आएको बताउनु भयो  । सोही अवसरमा घिमिरले विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्यांक लिन थालेपछि त्रुटि कम हुन थालेको दाबी गर्नुभयो । साथै अन्य प्रतिस्पर्धी संस्थाको तुलनामा कोषप्रति आकर्षण बढेको बताउनु भयो  ।

नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद बचत परिचालन रकम २ खर्ब ६ अर्ब १९ करोड रुपौयाँ रहेकोमा उक्त अवधिमा कोषले २ खर्ब ५ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेको बताउनु भयो   । लगानी गर्दा सुरक्षित र प्रतिफलमुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने विषयलाई उच्च प्राथमिकता दिई आगामी दिनमा पूर्वाधार विकासका क्षेत्रहरुलाई प्राथमिकता दिई लगानी बढाउँदै लैजानु पर्नेमा जोड दिनुभयो ।