काठमाण्डौं । खराब मौसमको कारण रोकिएको सोलुखुम्बुको लुक्ला विमानस्थलको आजदेखी शुरु भएको छ । मौसममा सुधार आएसँगै सीता एयरले काठमाडौँ–लुक्ला र समिट एयर र तारा एयरले रामेछापको मन्थली–लुक्ला उडान शुरु गरेको हो ।

विदेशी पर्यटकहरू सगरमाथा आधार शिविर, खुम्बु क्षेत्र र आमादव्लम लगायतका हिमालको आरोहण गर्न त्यसतर्फ हिँडेका थिए । केही सङ्ख्यामा पर्यटकहरू हेलिकप्टरमार्फत लुक्ला पुगेका थिए भने सल्लेरी हुँदै सडक मार्गबाट लुक्ला जानेहरूको बाटोमा भीड नै लाग्ने गरेको छ । पर्यटक पदयात्राका लागि यो मुख्य समय भएकाले पर्यटकहरूको आगमन दर पनि बढ्दो रहेको अध्यागमन विभागको तथ्याङ्क छ ।

एक साता देखि उडान अवरुद्ध हुँदा मन्थलीमा थुप्रै संख्यामा पर्यटक अलपत्र परेका थिए । पर्यटकको मुख्य सिजनमा लुक्ला विमानस्थलमा दैनिक २५ वटाभन्दा बढी उडान हुने गर्दछ ।