काठमाण्डौं । इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादनका लागी भारतीय चर्चित ब्राण्ड ओडिसीका उत्पादनहरु नेपाली बजारमा विक्रि वितरण शुरु भएको छ । नेपालका लागी ब्राण्ड इ गो अटोमोटिभले उक्त उत्पादनहरु नेपाली बजारमा बिक्रि वितरण शूरु गरेको छ । भारतकै ओएचएम नामक कम्पनीले ओडिसीका लागी इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादन गर्दै आएको छ ।

भारतीय बजारमा उपभोक्ताको मन जित्न सफल इलेक्ट्रिक मोटरसाइकल र स्कुटरहरुले नेपाली बजारमा मन जित्ने अपेक्षा रहेको ओएचएम र ओडिसीका संस्थापक करनाकर रेड्डीले बताउनुभयो । नेपालका लागी ब्राण्ड इ गो अटोमोटोभिसँगको सहकार्यमा नेपाली बजारमा विस्तार गरिएको उहाँले बताउनुभयो । नेपालका लागी ब्राण्ड इ गो अटोमोटोटिभको ब्राण्डमा आधिकारीक शोरुम नक्सालस्थित मेरियट होटलको अगाडी सञ्चालनमा आएको छ ।

सो शोरुमबाट मोटरसाइकल, स्कुटर र साइकलका आकर्षक मोडेलहरुको बिक्रि वितरण हुने ब्राण्ड इ गो अटोमोटोटिभका सञ्चालक लक्ष्मण रायमाझीले बताउनुभयो ।  ब्राण्ड इ गो अटोमोटोटिभका मोटरसाइकल र स्कुटरमा ४० रुपिया बरावरको विद्युतले ८० किलोमिटर गुड्न सक्ने कम्पनीका सञ्चालक रायमाझीले बताउनुभयो ।

यी स्कुटरमा वातावरण अनुसार उज्यालो दिने एलइडी हेडलाइट, रेयर–डिस्क ब्रेकवाटर प्रुफिङ्, ब्लु टुथ, कि–लेस इन्ट्रि, सर्च मोड, सेन्सर कन्ट्रोल सिस्टम फेलियर इन्डिकेसन सिस्टम लगायत विशेषता रहेका छन् । फेलियर इन्डिकेसन सिस्टमले स्कुटरको मोटर, ब्रेक र स्पिड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखाउने कम्पनीले जनाएको छ । यी उत्पादनहरु स्पोर्टी, क्याजुअल र स्टाइलिस भएकाले सबैखाले उपभोक्ताको रोजाइमा पर्ने विश्वास समेत गरिएको छ ।

यी मोटरसाइकल तथा स्कुटर पावर, पर्फमेन्स, फिचर्स र मूल्य प्रतिस्पर्धी ब्राण्डको तुलनामा अब्बल तथा यसमा प्रयोग भएका पार्टसहरु संसारकै उत्कृष्ट कम्पनीको प्रयोग गरिएको कम्पनीका संस्थापक करनाकार रेड्डीले जानकारी दिनुभयो ।

आजै निरु शाहीले स्कुटर किनेर नेपाली बजारमा इलेक्ट्रिकल भेइकलको प्रवद्र्धन गर्न अनुरोध समेत गरेकी छिन् ।