बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । यो नियम भोली  अर्थात् २ अगस्टबाट लागू हुनेछ । तर यसरी आउने यात्रुहरूले कोरोनाविरुद्धको खोपको दुवै मात्रा भने लगाएको हुनुपर्नेछ ।

युरोपियन मुलुकहरूबाट आउनेहरूले दुवै डोज खोप लगाएको प्रमाणस्वरूप ‘इयू डिजिटल कोभिड प्रमाणपत्र’ र अमेरिकाबाट आउनेहरूले ‘सिडिसी’ कार्ड उपलब्ध गराउनुपर्नेछ । तर, यात्रा गर्नुअघि र बेलायत आएको दोस्रो दिनमा भने यात्रुहरूले अनिवार्य पिसिआर परीक्षण गर्नुपर्नेछ । 

अहिले बेलायत प्रवेश गर्दा फ्रान्सबाहेकका ‘पहेलो सूची’अन्तर्गतका मुलुकका यात्रुहरूले आइसोलेसन बस्नु नपर्ने नियम छ । पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दर बढे पनि यसको असर कम भएको छ ।