काठमाण्डौं । Khalti मा दर्ता गरिएको मोबाइल नम्बर टपअपमा १०% क्यासब्याक पाइने अफर खल्ती डिजिटल वालेट ले ल्याएको छ । खल्ती डिजिटल वालेट नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त अनलाइन भुक्तानी सेवा प्रदान गर्ने कम्पनी हो । यो अफर टपअप सेवामा हालसम्म नेपाल कै सबैभन्दा बढी प्रदान गरिएको क्यासब्याक रहेको छ ।

प्रयोगकर्ताहरुको लागि रहेको यस अफरले  मोबाइल टप अप गर्न रिचार्ज कार्ड स्क्र्याच गर्न पर्ने झन्झटलाई न्युनिकरण गरि ग्राहकहरुको पैसा र समयको बचत गर्न उक्त अफर सञ्चालनमा ल्याईएको खल्तीको ब्राण्ड तथा मार्केटिङ्ग प्रबन्धक, श्री शिरिष श्रेष्ठले बताए ।

एनसेल, नेपाल टेलिकम, र स्मार्टको टपअपमा लागु हुने यो अफर अन्तर्गत क्यासब्याक पाउन जुन नम्बरमा आफ्नो खल्ती आइडी रहेको छ सोहि नम्बर खल्तीबाट रिचार्ज गर्नपर्ने हुनेछ । साथै खल्ती केवाईसि पनि भेरीफाई भएको युजर खाता हुनपर्नेछ ।

यो योजना श्रावण ७ देखि सुरु भइ सिमित समयावधि को मात्र लागि हुनेछ । क्यासब्याक हरेक नेपाली महिना अनुसार एक महिनाको अधिकतम रु. १०० हुनेछ भने त्यसपश्चात् सामान्य रूपमा पाइने १% क्यासब्याक उपलब्ध हुनेछ । आफ्नो बाहेक अरुको नम्बर रिचार्ज मा पनि सामान्य रूपमा पाइने १% क्यासब्याक उपलब्ध हुनेछ ।  साथै रिचार्ज गर्दा सम्पूर्ण क्यासब्याक नदेखिए पनि शर्तहरु पुरा भएको खण्डमा भए Transaction History मा पुरै क्यासब्याक पाएको देख्न सकिनेछ ।