काठमाण्डौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता टोलीले ५० लाख रूपैयाँ प्राप्त गर्ने भएको छ ।

आगामी असोज ९ देखि २३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले ५० लाख तथा उपविजेताले १५ लाख प्रदान गर्ने आयोजक ईपीएल प्रालिले जनाएको छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

यस संस्करणको खेलमा ईपीएलले पुरस्कार राशिमा दोब्बर वृद्धि गरेको छ । अघिल्लो संस्करणको विजेता टोलीले २५ लाख तथा उपविजेताले १० लाख प्राप्त गरेको थियो  ।

प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।