काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ र जर्सीको प्रायोजक माइ सेकेण्ड टिचर्सले संयुक्त रुपमा राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेका हुन् । क्रिकेट टिमको नयाँ जर्सीको डिजाइन खुल्ला आवेदनबाट माग गरिएको मा डिजाइनर आदर्श पोखरेलको डिजाइनलाई छनौट गरिएको हो।

नयाँ जर्सीलाई नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष र माइ सेकेण्ड टिचर्सका सहप्रमुख शुलभ बुढाथोकीले  सार्वजनिक गरेका छन् ।

जर्सीको डिजाइन बापत डिजाइनर आदर्श पोखरेलले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् । नेपालको राष्ट्रिय झण्डाको रंङमा जर्सीको डिजाइन गरिएको छ ।