काठमाण्डौं । नेपालको राष्ट्रिय टिमले भारतसँग घरेलु मैदानमा दुई अन्र्तराष्ट्रिय मैत्री खेल खेल्ने भएको छ । अखिल नेपाल फुटवल संघ (एन्फा) र अल इण्डिया फेडेरेसनको सहमतिमा सो खेल दशरथ रंगशालामा आगामी सेप्टेम्वर २ र ५ तारिखमा हुने भएको  छ ।

नेपाल र भारतबिच अहिलेसम्म १९ पटक भिडन्त भएको छ । जसमा भारतले १३ र नेपालले २ पटक जित हासिल गरेका थिए ।