काठमाण्डौं, असार १९ । लोक सेवा आयोगको प्रतिस्पर्धामा पास भएका ८ जनालाई न्याय परिषद्ले जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । 

 जसमा कमलकान्त जोशी इजलास अधिकृत सर्वोच्च अदालत, नारायण सापकोटा स्रेस्तेदार, जाजरकोट जिल्ला अदालत, वसन्तराज जोशी शाखा अधिकृत, फैसला कार्यान्वयन निर्देशनालय, मनिराम ज्ञवाली निर्देशक  ९कानुन०, महालेखा परीक्षकको कार्यालय, , अन्जनराज सापकोटा उपरजिस्ट्रार सर्वोच्च अदालत, नीतिज राई उपसचिव अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल, तिलक कार्की निर्देशक फैसला कार्यान्वयन निर्देशनालय र चन्द्रमणि चापागाईं शाखा अधिकृत सर्वोच्च अदालत रहेका छन्।