काठमाण्डौं, असार १७ । मनसुन न्यूनचापीय रेखाका कारण  देशभर  मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय रेखा आगामी केही दिन नेपालको दक्षिणी भाग  र  सिमाना आसपास रहने भएकाले मनसुन थप सक्रिय हुनेछ । बिषेश गरी असारको २० गतेसम्म उच्च सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मनसुन अवधिमा देशभर साधारणदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।