काठमाण्डौं, असार ६ । प्रतिनिधि सभाको बैठक संसद भवन नयाँ बानेश्वरमा  बिहान ११ बजेका लागि बोलाइएको छ।  उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।

संसद सचिवालयका अनुसार प्रधानमन्त्री दाहालले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम बिभिन्न मन्त्रालयहरुको सवालमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।