काठमाण्डौं, जेठ २८ । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागबाट भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा केही दिन अघि भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालको अन्य भू-भागमा केही दिनमा क्रमिकरुपमा मनसुन फैलिने अनुमान गरिएको छ । आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।