काठमाण्डौं, जेठ २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का सांसदहरू प्रतिनिधि सभाको बैठकमा टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टीमको समर्थनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर सहभागी भएका छन्।

१० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यण्डससँग हुनेछ। समूह ‘डी’को पहिलो खेल नेपाली समय अनुसार राति सवा ९ बजेबाट शुरु हुनेछ।