काठमाण्डौं, जेठ २२ । युवा तथा खेलकुद मन्त्रालयले अमेरिकामा भर्इरहेको आईसीसी टी-२० विश्वकप प्रत्यक्ष प्रसारण गर्न स्थानीय तहलाई पत्राचार गरेको छ।  नेपाल पनि सो प्रतियोगितामा सहभागी भएको जनाउँदै मन्त्रालयले नेपाली खेल प्रेमीको हौसला बढाउने वातावरण बनाउन स्थानीय तहलाई आग्रह गरेको छ।

मन्त्रालयले पत्र काट्दै सबै स्थानीय तहलाई स्रोत र साधन बमोजिम उपयुक्त स्थानमा आईसीसी टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण गर्न पत्राचार गरेको हो। आईसीसी टी- २० विश्वकपमा आज नेपालले नेदरल्यान्ड्ससंग पहिलो खेल खेल्दैछ।