काठमाण्डौं,  जेठ २२ गते । खाद्य तथा दाना उद्योग दर्ता सिफारिस अव अनलाईन मार्फत प्राप्त गर्न सकिने भएको छ ।  खाद्य प्रविधि तथा गुण निणन्त्रण  विभागले सोमवार नेपाल खाद्य तथा दाना उद्योग अनुमति प्रणाली सार्वजनिक गरेको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी शाहले सार्वजनिक गरेको उक्त अनलाइन प्रणालीबाट उद्योगीले जुनै ठाउँबाट पनि उद्योग सञ्चालन तथा दर्ताका लागि सिफारिस लिन सक्नेछन् ।

 यो प्रणालीबाट नयाँ उद्योगका लागि सिफारिस मात्र होइन, नवीकरण, खाद्य वस्तु तथा दाना उद्योगको अनुज्ञापत्र तथा उद्योगको अध्यावधिक समेत गरिने विभागले जनाएको छ ।