काठमाण्डौं, जेठ २१ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा ५३ बमोजिम ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आ.व.२०७९/०८० पेश गर्नेछन् ।

यस्तै आजको बैठकमा आ.व.२०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहने छ।