काठमाण्डौं, जेठ ११ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । किरणकुमार श्रेष्ठको २ कार्यकाल सकिएपछि खनाललाई कामु सीईओको जिम्मेवारी दिइएको थियो ।

बैंकको विहीवार बसेको सञ्चालक समितिको बैठकले खनाललाई ४ वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । १६ वर्षअघि खनाल राष्ट्रिय वाणिज्य बैंकमा प्रवेश गरेका थिए ।

बैंकले सीईओको आवेदन खुला गरेपछि १९ जनाले आवेदन दिएका थिए । तीमध्ये ५  जनाको नाम सर्ट लिस्टमा परेको थियो ।