काठमाण्डौं, भदौ २६ । नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएको छ । राति १ बजेतिर अचानक हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । अस्पताल स्रोतले दिएको जानकारीअनुसार राति १ बजेर २० मिनेटमा उनलाई अस्पताल लगिएको थियो ।

राति बाथरुम जाने क्रममा उनी एक्कासी ढलेको परिवारका सदस्यको भनाई रहेको छ । परिवारका सदस्यले तत्कालै अस्पताल पुर्‍याएको भए पनि बाटोमै उनको निधन भएको बताइएको छ ।