काठमाण्डौं, भदौं २४ । हिमालय एयरलाइन्सले काठमाण्डौं देखी चीनको पर्यटकीय शहर छिन्ताओमा हवाई उडान शुरु  गरेको छ ।

एयरलाइन्सले आजैबाट छिन्ताओमा सिधा उडान शुरु गरेको हो । यसको शुभारम्भ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ लगायतले गरेका छन् ।

एक सातामा ४ उडान गर्ने र यात्रुको चाप अनुसार आगामी दिनमा उडान थप्ने योजना रहेको कम्पनीले जनाएको  छ ।

हिमालय एयरलाइन्सले चीनमा पहिलो नियमित उडान सन् २०१९ अक्टोबरमा बेइजिङमा गरेको थियो । कम्पनीले पछिल्ला वर्षमा चीनका विभिन्न १० गन्तव्यमा चार्टर्ड उडान गर्दै आएको छ । कम्पनीले दुबई, मलेसिया, कतार, साउदी अरेबिया, बंगलादेशलगायत गन्तव्यमा पनि नियमित उडान गर्दै आएको जनाएको छ ।