नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

काठमाण्डौं, भदौं १३ । नेपालले आज बुधबार घरेलु टिम पाकिस्तानसँग खेल्ने एसिया कप क्रिकेटका लागी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाकिस्तान पुगेको नेपाली क्रिकेट टोलीलाई जीतका लागि शुभकामना दिएका छन्।
पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री दाहालले जीतका लागि शुभकामना व्यक्त गरेका हुन्। शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताए।