डेंगी संक्रमण तिव्र काठमाडौं ‘रेड जोन’मा

काठमाण्डौं । डेंगी संक्रमितको संख्या बढ्दै जाँदा काठमाण्डौं उपत्यका पनि रेड जोनमा परेको छ । संक्रमित धेरै भएका १० जिल्लामा सुनसरी, मोरङ, धादिङ, झापा, कास्की, धनकुटा, काठमाण्डौं, ललितपुर, संखुवासभा र दार्चुला रहेका छन् ।
डेंगी संक्रमितको संख्या १४ हजार नजिक पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार २०२३ जनवरीयता १४ अगस्टसम्म १३ हजार ७९७ जना संक्रमित भएका छन् । जुन महिना भन्दा यता मात्रै डेंगीका कारण १२ जनाको मृत्यु भइसकेको छ ।
संक्रमितमध्ये सबैभन्दा बढी सुनसरीको धरान उपमहानगरपालिका रहेको छ । उपमहानगरको तथ्यांकअनुसार जेठदेखी साउन ३० सम्म ११ हजार ३७३ जनामा संक्रमण पुष्टि भएको छ ।
यी जिल्लामा १२ हजार ३२७ संक्रमित छन्, जमसध्ये उपत्यकाका तीन जिल्लाका ३९५ जना छन् । आजको दिनमा मात्रै ५ हजार ९५४ संक्रमित थपिएको ईडीसीडीको तथ्यांक छ ।