पुरानै दरमा हवाई टिकट बिक्री गर्न प्रधानमन्त्रीको अनुरोध
काठमाण्डौं,असोज १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले विमान कम्पनीलाई पुरानै दरमा टिकट बिक्री गर्न अनुरोध गरेका छन् । हवाई यात्रुको चाप बढ्दा विमान कम्पनीहरूले पहिलेको तुलनामा महँगो शुल्क लिएपछि जनस्तरमा चर्को आलोचना भएको थियो ।
यस्तो विपत्तिको समयमा सबै मिलेर विपदलाई सामना गर्नु पर्ने स्पष्ट पार्दै यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन एयरलाइन्सलाई अनुरोध गरेका छन् ।