काठमाण्डौं, असार २३ गते । देशैभर हिजो बिहानै देखी लगातार वर्षा भईरहेको छ ।  पहाडी क्षेत्रमा भारी वर्षा भएपछि सप्तकोशी नदीमा शनिवार बिहानदेखि पानीको बहाव उच्च हुँदै आएको थियो । आज आर्इतवार बिहान ६ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले ३ लाख ४२ हजार ६५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको छ । कोशीका ४६ ओटा ढोका खोलिएका छन् ।

 जल सतह खतराको नजिक पुगेसँगै उदयपुर, सुनसरी  सप्तरीका नदी कटान हुन सक्ने क्षेत्र र डुबान हुने भागहरूमा उच्च सतर्कता अपनाउन सूचना जारी गरेको छ ।