काठमाण्डौं, भदौं २४ । गत शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनका क्रममा सर्लाही सदरमुकाम मलंगवामा दुई समूहबीच झडप भएको थियो । त्यसपछिको स्थितिलाई मध्यनजर गरेर मलंगवा बजार क्षेत्रमा कर्फ्यु लगाइएको थियो ।

शनिबार बेलुका ५ बजे देखि आज आईतवार बिहान ८ बजेसम्मका लागि जारी गरिएको कर्फ्यु आदेश हटाइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

जिल्ला सुरक्षा समितिले धार्मिक, जातीय र सांस्कृतिक सद्भाव कायम राख्न अपिल गरेको छ । कर्फ्यु हटाइए पनि नगरक्षेत्रमा आगामी ४ दिनसम्म भेला, प्रदर्शन गर्न निषेध गरिएको छ ।

साथै  सार्वजनिक स्थानहरूमा हो–हल्ला गर्नेजस्ता अवाञ्छित क्रियाकलाप तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्य नगर्न  नगराउन आह्वान गरिएको छ ।