काठमाण्डौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो पदीय जिम्मेवारी शुरु गरेका छन् । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनीयताको शपथ लिएसँगै राष्ट्रपति कार्यालय शीतलनिवासमा पदभार ग्रहण गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार पौडेलले पहिलो निर्णयका रूपमा सुशीलकुमार लम्साललाई मोरक्कोको गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेका छन् । उनी इजिप्टका लागि आवासीय राजदूत हुन् । कार्यभार सम्हालेपछि राष्ट्रपति पौडेलले लैनचौरस्थित शहिददस्तम्भमा पुगेर पुष्पगुच्छा अर्पण गरेका थिए ।

पौडेलको शपथसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी बिदाइ भएकी छिन् । भण्डारीले राज्यबाट कुनै सेवा–सुविधा नलिने घोषणा गरिसकेकी छिन् । भण्डारीको बिदाइमा राष्ट्रपति पौडेलसमेत सहभागी थिए ।