काठमाण्डौं । काठमाण्डौं  उपत्यकाको एकीकृत विकास गर्न काठमाण्डौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको संयोजकत्वमा उपत्यका प्रमुख प्रशासकीय अधिकृत फोरम गठन भएको छ।

अन्तरपालिका सम्बन्ध, साझा कार्यक्रम, सहयोग र समन्वय सिकाइ, भोगाइ र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले फोरम गठन गरिएको हो।

फोरममा सार्वजनिक महत्वका विषयमा समान धारणा निर्माण गर्ने, जनप्रतिनिधिबाट तर्जुमा भएका नीतिगत निर्णयमा समान बुझाइ बनाएर उपत्यका एकीकृत विकासमा काम गर्ने विषयमा छलफल गरिने कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए।

उक्त फोरमले विशेष गरी उपत्यकाको सामुदायिक कुकुर र छाडा चौपाया व्यवस्थापन, डेंगीलगायत महामारी नियन्त्रण, वातावरणीय सुधार, ल्यान्डफिल साइटमा कमभन्दा कम फोहोर लैजाने प्रणालीको विकास, सहरी उज्यालो, नदी व्यवस्थापन, सडक सञ्जालको प्रयोग, सार्वजनिक यातायात प्रणालीका विषयमा समेत सामूहिक रूपमा काम गर्नेछ।

त्यसैगरी, एकीकृत विद्युतीय सेवा सञ्चालनमा ल्याइएको, खरिद मूल्यांकन अधिकार विभाग र वडालाई दिइएको, आन्तरिक नियन्त्रण प्रणाली विकास गरिएको, वडाहरूको कार्यसम्पादन अनुगमन सूचक तयार पारिएकोजस्ता कामलाई सिकाइका रूपमा अन्य पालिकामा विस्तार गरिनेछ।

फोरमले सामुदायिक विद्यालयहरूको सुधारका लागि प्रोफाइल तयार पारिएको, शहरी स्वास्थ्य क्लिनिकलाई स्तरोन्नति गरेर स्वास्थ्य प्रवर्द्धन केन्द्रका रूपमा रूपान्तरण प्रक्रिया सुरु गर्नेछ। विशेषज्ञ स्वास्थ्य सेवासहितका यी केन्द्र सञ्चालनमा  सार्वजनिक सामाजिक उत्तरदायित्वको ढाँचा अवलम्बन गरिनेछ